आजको युगलाई डिजिटल युग भनिए पनि याे डिजिटल हुन सकेको छैन । मानिसहरूले डिजिटल दुनियाँ सुनेका त छन तर प्रत्यक्ष देख्न र अनुभव गर्न भने पायका छैनन् भन्ने कुरा आजभाेलि बैंकमा लाग्ने लाम र सडक पेटिकाे चापलाई गएर साेध्दा मात्र थाहा हुन्छ । बैंकर मित्रहरुलाई, सामान्य बैंककाे खातामा पठायकाे पैसाको पक्का पक्की गर्न समेत मानिस बैंकको लाममा जानुपर्ने अवस्था छ । सामान्य रुपमा मोबाइलबाट सरल एस एम एस (पत्राचार) गरेर घरमै जानकारी पाइने कुरा हाे ।
जनतालाई सामान्य बैंकका नियम वा सुबिधा समेत थाहा छैन, जसले गर्दा जनतालाई अनावश्यक झन्झट त छदैछ, बैंकको चाप र लाममा समेत बृहत रुपमा वृद्धि भएकाे छ । जसले गर्दा याे विषम परिस्थितिकाे खतरा समेत बढेर गएकाे छ । जनताका सामान्य समस्याहरू फाेनकै भरमा समाधान गर्न तर्फ नलाग्ने हाे भने अबकाे खतराको बिन्दु बैंक नहाेला भन्न सकिदैन । जसकाे अफ्ठ्याराेपना हाम्रो कल्पना भन्दा धेरै गुना बढी हुनेछ । हामी आफैंले यस्तो गर्न हुँदैन भन्छौं तर कार्वन्वयन गर्दैनौं । यदि सामान्य आफुले जानेका कुराहरु मात्रै पनि आफ्नाे जिवनमा लागू गर्ने हो भने त्याे भिड थोरै भए पनि कम गर्न सकिन्छ ।
हाम्रो सानाे सानाे प्रयासले हामीले बैंकका लाम तथा बैंक पेटिमा बैंकको पालाे कुरेर बस्ने जमातमा कमि ल्याउन सहयोगी भुमिका खेल्न सक्छौं । अत्यावश्यक काम बाहेक सामान्य कामका लागि बैंक सम्म पुग्नुभन्दा बरू त्यहाँ फाेन गरेर सुबिधा लिन सक्छौं । बैंकले पनि याे विषम परिस्थितिमा आफ्ना सेवा तथा सुबिधामा परिमार्जित गरि जनता अनुकुल बनाउन अग्रसर हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस