हामी नेपाली सबैसँग नजिकको सम्बन्ध बनाउन हरपल तयार रहेका हुन्छौं । चाहे त्याे ब्यक्ति ब्यक्ति बिचमा हाेस या राष्ट्र राष्ट्र बिचमा नै किन नहाेस् । हाम्रो सबैसँगकाे असिम मित्रता, सबैको दुखमा आफ्नाे जस्तै गरि साथ दिने, बैरि आए एकजुट भै जाइलाग्ने, अनि आफ्नाे ब्यक्तिगत स्वार्थ भन्दा समग्र देशकाे हितमा अग्रसर हुने बहादुर वीर गाेर्खालिकाे नामले हामी विश्वभर चर्चित छाैं ।
इतिहासदेखि अहिले सम्म हामी नेपालीले कसैसँग सम्बन्ध बिगार्ने काम गरेकम छैनौं । सबैसँगकाे सुमधुर सम्बन्धलाई अझ नयाँ पुस्ताले प्रगाढ रुपमा अगाडि बढाइरहेको छ । देशमा अहिले त्यही सम्बन्धलाई एउटा भर्याङ बनाइ हाम्रै देशमाथि जसरी आफ्नाे खुट्टा छिराउने प्रयास हुँदैछ त्याे कदापि स्विकार्य हुने छैन । जसरी आफ्नाे सम्बन्ध बचाउन हामी अग्रसर हुन्छौं, त्यसैगरी देशकाे गरिमा बचाउन नेपाली आफ्नाे प्राणको आहुति दिन समेत पछाडि पर्ने छैनन् ।
अगाडि मिठाई देखाएर पछाडिबाट लात हान्ने बाट अब सचेत हुन जरुरी छ । समयले नत कसैलाई पर्खेकाे थियो नत पर्खनेनै छ । अब पनि फेरि हेर, देख र सुन मै रूमल्लीने हाे भने हाम्रो इतिहासले हामीलाई नराम्ररी चड्कन नलगाउला भन्न सकिन्न । जसरी सम्बन्ध नजिकको भएका कारणले अक अर्कामा भाइचारा छ, सकेसम्म त्यसलाई जिवित राख्दै देशकाे गरिमा बचाउने तर्फ लाग्नुपर्ने वेला आएकाे छ ।
प्रतिक्रिया दिनुहोस