after_navbar

भरियाको भारी


जेठ २२, २०७७


हिमाल खड्का

ad

भारी बोकेर पारी नगएको धेरै भयो
सोच्छु भारिले मलाई भुलेको हो कि,
मैले भारिलाई ,
अस्तिसम्म मेरो पिठ्युँमा निदाउन नपाएपछि
रिसाएर मलाई नै निदाउन नदिने मेरो भारिले
मलाई भुलेछ क्यारे,
आएर एकपटक पनि सोधेको छैन,
तिमिले खाना खाएका छौ कि नाई,
राम्ररी निदाउन पाएका छौ कि नाई,
छोरिको काटिएको खुटामा मलम लाएका छौ कि नाई,
छोराको फाटेको भोटो सिलाएका छौ कि नाई,
तिम्रो दमको दबाई थोरै थियो किनेका छौ कि नाई
श्रीमतिको पाठेघरको रोग सन्चो पारेका छौ कि नाई ?
यस्तै यस्तै थुप्रै सवाल गर्ने मेरो भारीले
मलाई साच्चै भुलेछ क्यारे
कति दिन पुगिसक्यो


अह मलाई केही पनि सोधेको छैन।
हुन त मैले पनि भुले कि क्याहो
उ बेला नाम्लो बोकेर गल्ली गल्ली
मेरो भारीलाई खोज्दै हिड्ने म
आज गल्ली नछिरेको पनि धेरै भएछ,
आज नाम्लो नभिरेको पनि धेरै भएछ,
ठूलो पसल अगाडि अड्डिएको मेरो भारिलाई देख्दा
कसैले खोसिदिन्छ कि भन्दै दौडिएको पनि धेरै भएछ,
पिठ्युँमा सुताएको मेरो भारिलाई चौतारामा बसाउदै
शिरको टोपिले निधारको पसिन नपुछेको पनि धेरै भएछ,
अ साच्ची कसले भुलेको होला ?


खै बुझ्नै सकिएन !
मैले भुले भनौं,
मैले उसलाई खोजिरहेकै छु,
सम्झिरहेकै छु,पर्खिरहेकै छु ।
उसले भुल्यो भनौं भने
उसले त मलाई मैले भन्दा बढी सम्झिन्थ्यो
मैले भन्दा बढी खोजिरन्थ्यो,
मैले भन्दा बढी पर्खिरन्थ्यो ।
अह उसले त झन मलाई भुल्नै सक्दैन
सायद कसैको दबाबमा परि
कुनै कुनामा थुनिएको छ कि,
हजारौं भारिहरुले मेरो भारिलाई
च्यापेर निस्कन पो दिएका छैनन कि,
मेरो प्यारो भारिलाई सबै मिलेर
अधेरो कोठामा बन्दक बनाएर
राखेका पो छन कि ?


प्रीय भारी तिमी कहाँ छौ
मलाई सम्झेर चाडै आउ है
तिमी बाहेक
मेरो चुलोमा आगो बल्यो कि नाई
सोध्ने कोहि छैन,
मेरो पेटमा चामलको सितो पुग्यो कि नाई
सोध्ने कोहि छैन,
मेरो छोरिको मलम छ कि छैन,
मेरो छोरोको भोटो छ कि छैन,
मेरो दमको दबाई सकिएको छ कि छैन,
अनि मेरि प्यारीको स्वास्थ्य ठिक छ कि छैन,
यी सबै सबै कुरा सोध्ने कोहि छैन ।
तिमी चाडै आउ है
म संगै मेरो नाम्लोले पनि
तिमी आउने दिन कुरेर बसिरहेका छौँ ……

‘खड्का’ लामो समयदेखि मिडिया तथा हाल शिक्षण पेसामा पनि सम्लग्न हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

data-href="