after_navbar

कपिल मणिका ३ गजलहरु


जेठ २४, २०७७


कपिल मणि

ad

१)
जव एउटा प्रेमी प्रेमीकाकाे आँखामा हराउछ
लाग्छ ऊ बिर्सेर सारा कुरा दुनियाँमा हराउछ ।

दिलमा राख भगवानलाई कहिले हराउदैनन्
ढुङ्गामा राखेकाे भगवान् ढुङ्गामा हराउछ ।

दिल हराएकाे छ आज आफ्नै आँगनबाट
जसरी बच्चाले जे दियाे त्यहीँ सानामा हराउछ ।

कहिले यस्ताे नसाेच्नु बिन्ति गर्छु बुवा-आमा
श्रीमती पायाे छाेराले अब बा-आमा हराउछ ।

म त्यसैगरी हराएकाे हुँ तिम्राे दिल भित्र प्रिया
जसरी एउटा भँवरा फुलकाे बगैचामा हराउछ ।।

२)
याे मेराे देश तराई पहाड, हिमाल भन्न पाउँ
साेधेमा काेहिले ठेगाना मेराे नेपाल भन्न पाँउ ।

झुक्दैनाैँ कहिले शत्रुका सामु हामी गाेर्खाली
ठाडाे छ शिर सगरमाथा, बिशाल भन्न पाउँ ।

अनेक जाती अनेक धर्म अनेक छन् संस्कृती
गाउँदै भजन गाेबिन्द जय गाेपाल भन्न पाउँ ।

सधैँ छरेर शान्ती दिएर शन्देश बुद्भत्व बाडेर
जाेगाउ धर्म संस्कृती कला नफाल भन्न पाउँ ।

गुन्जिन्छ बन काेहेल चरि सुसेली हाल्दछिन्
नाच्दछन् डाँफे बनपाखा भरि मुनाल भन्न पाउँ ।

चाहिँदैन पिज्जा चाहिँदैन बर्गर नेपाली हुँ म त
खानामा सधैँ अचार भात र दाल भन्न पाउँ ।।

३)
राखेर दिलमा एउटा तस्विर नियालिरहेछु
खुसी मिल्छ कि मिल्छ पिर नियालिरहेछु ।

माग्ने सधैँ माग्ने नै छन् के हेरे भगवानले
कसका लागि बनेछ मन्दिर नियालिरहेछु ।

दक्षताले भन्दा यहाँ पैसा अनि पावर देखाई
खान्छन् मान्छे अचेल जागिर नियालिरहेछु ।

उमेर गयाे भन्छन् सबै बैश अझै बाँकि नै छ
म कहाँ छ त्याे लगनकाे मंसिर नियालिरहेछु ।।

प्रतिक्रिया दिनुहोस

data-href="