after_navbar

जनता अनि जनताका प्रतिनिधि


जेठ २४, २०७७


सभामुख ज्यू,
आजभाेलि देशका नागरिकलाई उल्लु बनाइ कसैलाई पार्टीमा जिताउनु सामान्य जस्तै भएको छ । अहिले त्यो विषयमा कुरा नगराैं तर जनताबाट जनताका लागि काम गर्छु भन्दै गएकाले अहिले पुरै संसदभवन नै अपवित्र बनाउदै छन । कुरा सुन्दैमा त आम जनताकाे कन्सिरि तातेर आउँछ भने भनि माग्नेलाई कस्तो भएकाे छ हाेला हामी सहजै अनुमान लगाउन सक्छौं ।

चाहे जे हाेस् सभामुख ज्यू, अब भने देशकै गरिमामा आँच आउने र देशको सार्वभौमसत्तामा आँच आउने कुरा संसद भवनमा नगर्ने कि ? त्यहाँ हामी जनताले देशमा विकास र सुसासन कायम हाेस् भनि जिताएर पठाएका हाैं, नकि आफ्नो वा दलिय स्वार्थ पुरा गर्न ।

हेक्का रहाेस्, हरेक दुस्साहसकाे फल आज सम्मकाे इतिहासमा जनताले नेतालाई दिएकै छन् । जुन मत लिएर संसद भवन छिर्नुभएकाे छ नि, त्यसकाे कदर गर्न सिक्नुहोस् । नत्र भने इतिहासमा जस्तै जनताकाे जनलहर सिर्जना भइ तपाईंको पद, प्रतिष्ठा अनि अाजसम्मकाे जे जति छ, त्यसमा हजुरको कहिले पहुँच थियो र भन्ने दिन पनि आउला । यसतर्फ वेलैमा विचार पुर्‍याउने हो कि ?

ad

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट खबर

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="