after_navbar

अवस्था झनै भयावह हुनसक्छ


असार ०३, २०७७


दाङमा पछिल्लो ४ दिनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । गएको जेठ ३१ गतेसम्म संक्रमित संख्या ९६ मात्रै थियो भने आज असार ३ गतेसम्म आइपुग्दा उक्त संख्या तिब्र गतिमा उकालो लाग्दै २५२ पुगेको छ । अझै धेरैको स्वाव परिक्षणका लागि पेन्डिङमा राखिएको छ । ती सबैको परिक्षण हुने हो भने संक्रमितको संख्या कति पुग्छ भनेर अहिले नै अनुमान लगाउन सक्ने अवस्था छैन ।

यसरी संक्रमित संख्या थपिदै जाँदा हामी सबै थप होसियार बन्नुपर्ने देखिन्छ । यस्तो अवस्थामा हामी सबैले सजगता अपनाउन जरुरी छ । तर अवस्था जटिल हुँदै गर्दा झण्डै ३ महिनासम्म गरिएको लकडाउन झन खुकुलो भएको छ । जतिबेला कोरोना संक्रमणका दृष्टिले दाङ सुरक्षित थियोे, त्यो समयमा हामी घरभित्रै बस्यौं, अत्यावश्यक काम नपरि घरबाहिर निस्केनौँ, अनि सरकारले भनेका स्वास्थ्य सम्बन्धि सुरक्षाका सबै उपाए अवलम्बन गर्‍यौँ । तर अहिले कोरोना संक्रमणका दृष्टिले दाङ उच्च जोखिममा छ । सबैले सजगता अपनाएर घरमै बस्नुपर्ने समयमा लकडाउन खुकुलो भएकोले सहर बजारमा मानिसहरूको चहलपहल बढ्न थालेको छ । किनमेल गर्ने मानिसहरूको भिडभाड हुन थालेको छ । कर कार्यालय, विद्युत महशुल बुझाउने ठाउँ, बैंक लगाएका ठाउँहरूमा मानिसहरूको लामो लाइन देख्न सकिन्छ । सामाजिक दुरि कायम भएको कतै पनि देखिदैन । यसले कोरोना संक्रमणलाई भुसको आग‍ो जसरी फैलाउन थप मदत पुग्ने देखिन्छ ।

अर्कोतर्फ, क्वारेन्टाइनमा बसेकाहरूलाई आरडिटि परिक्षणको भरमा, अझ कसैलाई त झन कुनै परिक्षण नै नगरि घर पठाउने गरेको पाइएको छ । यस्तो लापरबाहीले समुदायमा संक्रमणको दर उच्च गतिमा फैलिन सक्छ । क्वारेन्टाइनबाट घर गएका ती मानिसहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाम्रो सम्पर्कमा आउन सक्छन् र हामीलाई पनि संक्रमित बनाउन सक्छन् । हाम्रो आसपास रहेका मानिसहरू पनि संक्रमित हुन सक्छन् । मान्छेको अनुहार हेरेर रोगी/निरोगी थाहा हुने होइन । त्यसैले सबै सँग सामाजिक दुरि कायम राख्न जरुरी छ । सुरक्षाको लागि समयमै सावधानी अपनाउनु पर्छ । रोग लागेपछि औसधि गर्नुभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा उत्तम उपाए हो ।

हामीले झन्डै ३ महिनासम्म लकडाउनको पालना गर्‍यौँ, आफ्नो दैनिकीलाई समयानुकूल परिवर्तन गर्‍यौँ भने अझै केही दिनहरू पनि त्यसैगरी हाम्रो दैनिकीलाई व्यवस्थापन गर्न सक्दैनौं र ? कोरोना संक्रमणको दर घटेर हाम्रो नियन्त्रणमा नआए सम्म संक्रमण फैलिने खालका गतिविधि रोक्न सक्दैनौं र ? हामी सबैले यी प्रश्नहरूको जवाफ समयमै खोजेर त्यसै अनुसार अघि बढ्न जरुरी छ । अन्यथा अवस्था झनै भयावह हुने निश्चित छ ।

ad

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट खबर

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="