कतिपय कुराकाे दुर सम्म पनि सम्बन्ध हुन्न भने कतिपय कुरा अनयासै सम्बन्धित हुन पुग्छन् । चाहे जे हाेस्, हरेककाे हरेकसँग सम्बन्ध हुनुपर्छ भन्ने छैन । यहाँ म हाम्रो देशकाे असारे बजेटकाे बारेमा सामान्य चर्चा गर्दै छु । हुनत याे विषयमा चर्चा गर्नका लागि जानकारहरु पनि हुनुहुन्छ । तर पनि जब पर्यो राति तब बुढि ताति भनेझैं असारमा नै किन प्राय विकासे काम सुरु र अन्त्य हुन्छ त ?
अझ नबुझेको कुराे के भने, एक महिनामै सबै कुराे राम्रो चाहिने हामीलाई । जसकाे फलस्वरूप हाम्रा याेजनाले फेल खानु पर्ने अबस्था समेत आएको छ । असार मसान्त सम्ममा काम सक्नुपर्ने भएपछि हतपतकाे काम लतपत भनेझैं बिकासे काम गुणस्तरीय नभएको देखिन्छ ।
कतिपय कामहरु छिटो गर्ने बहानामा नयाँ कपडामा पुरानाे टालाे गाँसेझैं देखिन्छ । चाहे जे हाेस, काम अनुसारको समय र समय अनुसारको काम लिन र दिन नसक्ने दुबै निकायले आफ्नाे काममा कडाइ गर्ने हाे भने ‘असार’ बजेट सिध्याउने महिना नभइ बजेट परिचालनकाे विषयमा छलफल गर्ने महिना बन्ने थियो कि ?
प्रतिक्रिया दिनुहोस