अहिलेकाे राजनीति ‘केटाकेटी आए गुलेलि खेलाए मट्याङ्ग्राकाे सत्यानास’ भने झैं हुँदै गएकाे छ । विभिन्न बहानामा एकले अर्काकाे खन्डन गर्दै हिँडेका छन् । यदि दुबै पक्षका सक्षम नभए तेस्रो पक्षकाे कल्पना गर्नुपर्छ । हाेइन भने जनताकाे भावना अनुरुप काम गर्नुपर्छ ।
देशमा अहिलेसम्मकै ठुलाे बिपत्ति आइपरेकाेछ । याे बिपत्तिबाट जनतालाई कसरी पार लगाई देशकाे गरिमा उचाे हुन्छ भनेर साेच्ने बेलामा अझ आफ्नाे घरभित्रकाे झगडा उदाङ्गाे पार्नु कहाँसम्म जायज हाेला र ? नेपाली जनाले यस्ताहरुसँग के भराेसा गर्ने ? भन्ने सम्मकाे साेचकाे विकास अहिले आम नागरिकका मनमा आएकाे हाेला ।
कुमालेले जसरी काचो माटाेबाट एउटा सुन्दर भाँडाे बनाउछ र त्याे भाँडाे केहि समयमा फुट्छ । फुटिसकेपछि त्यसलाई जाेड्न असम्भव हुन्छ । केवल टालटुल गरेकाे भरमा चलाउनुपर्ने हुन्छ । जसमा दुबै पट्टीकाे अलग भएकाे भाग प्रस्टै देख्न सकिन्छ । के नेपाली राजनीति पनि फुटेको भाडाे जस्तै त हुन लागेको हाेइन ? समयमै बुद्धि पुगेन र समय अगावै बढी बुद्धि आयाे भने पनि त्यो खतराको संकेत मान्नुपर्छ ।
त्यसैले अब कसलाई कसरी तल पुर्याउने भन्नेमा भन्दा पनि देशकाे संकट कसरी हल गर्ने भन्नेतिर साेचौँ । जाे जहाँ बसेर काम गरेनि हामी सबैको जाने ठाउँ एउटै हाे र हाम्रो कामकाे तराजु अर्कैकाे हातमा छ । जाे अदृश्य छ अनि उही अदृश्यकाे आस्थामा हामी छाैं भन्ने भावनाकाे विकास गरि एकता नै अन्तिम मुलमर्म हाे । यसलाई हरहालतमा कायम राख्नुपर्छ भन्ने अठोट आजैबाट लिए किचलो अन्त्य हुनेमा दुइमत छैन ।
प्रतिक्रिया दिनुहोस