after_navbar

आज २०७ औं भानु जयन्ती


असार २, २०७७


दाङ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज मनाइँदैछ ।

ad

वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेको मानिन्छ ।


उहाँले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, तथा धेरै फुटकर लगायत कृति प्रकाशित छन् । समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सबैभन्दा ठूलो प्रेरणा रहेको मानिन्छ ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषाभाषी रहेको ठाउँमा पनि मनाइन्छ ।

भानुजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="