after_navbar

बले लाई `धोका भो´


श्रावण ०१, २०७७


दाङ,१ साउन। हाँस्य कलाकार सागर लम्साल ‘बले’ले अभिनय गरेको ‘धोका भो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा रोमान्टिक गेटअपमा देखिदै आएका सागर यसमा भने भावूक शैलीमा देखिएका छन् । जातिय भेदभावका कारण प्रेममा आएको वाधालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

ad

भिडियोमा सागरको जोडीको रुपमा रोशनी कार्कीले मोडलिङ गरेकी छिन् । यो गीतमा सन्तोष सुनारको शब्द, संगीत तथा स्वर छ । मनोज बस्नेतको निर्देशनमा तयार भएको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोबाट आफू अत्यन्तै उत्साहित रहेको सागर बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

data-href="