after_navbar

सरकार भन्छ ५० प्रतिशत बढी भाडा उठाउ, यातायात व्यबसायी उठाउँछन् २०० प्रतिशत भन्दा बढी


श्रावण ०२, २०७७


हिमाल खड्का

ad

गत हप्ता सरकारले एउटा फितलो निर्णय गर्‍यो, सार्वजानिक यातायात चल्न पाउने र यातायात व्यबसायीहरुले बढीमा ५० बढी भाडा असुल्न सक्ने । तर सरकारको उक्त निर्णयपछि यातायात व्यबसायीहरुले तत्काल गाडी सन्चालन गर्न नसकिने बताए पनि कहीँ कतै भने छोटो दुरिका गाडीहरु सन्चालन भएका छन । न सन्चालनमा आएका ति गाडीहरुले सरकारले भनेको सुरक्षा मापदण्ड पुरा गरेका छन,  नत सरकारले भने जसरी भाडादर कायम गरेका छन । सरकारको यस्तो निर्णयपछी चल्न थालेका गाडीहरुले अहिले सर्वसाधारणसँग २०० प्रतिशत भन्दा बढी भाडा माग्दा पनि सर्वसाधारण वाध्य भएर दिन तयार भएका छन ।

उदाहरणका लागि एउटा पात्र म आफैँ हो, जसले करिब १५० प्रतिशत बढी भाडा तिर्न वाध्य भए । मलाई हापुरेबाट सार्वजानिक ट्याक्सी चढेर तुलसीपुर बजारसम्म आउनु पर्ने भयो । हापुरे देखि तुलसीपुर सम्मको नियमित भाडा ८० रुपैयाँ हो । सरकारले भने बमोजिम ५० प्रतिशत बढी तिर्दा मैले तिर्नु पर्ने भाडा १२० रुपैयाँ हुन आउँछ तर मैले रु २०० तिर्नु प‍र्यो । मैले किन यति धेरै भाडा भनेर प्रश्न गर्दा यातायात व्यबसायीहरु आफूहरुले त्यसरी भाडा नउठाउँदा तेल खर्च नै नपुग्ने भएकाले हामी बाध्य छौँ भन्ने जवाफ फर्काउँछन । यो त एउटा प्रतिनिधि उदाहरण मात्रै भयो यस्तो समस्या अहिले देसभर नै छ जसको प्रत्यक्ष मारमा पर्ने भनेको सर्वसाधारण नै हो ।

सरकारको फितलो निर्णय, न लागु भयो न नियमण

सरकारले कुनै पनि निश्चित मापदण्ड नबनाएरै हचुवाकै भरमा सार्वजानिक यातायात सन्चालन गर्ने निर्णय ग‍र्यो । जुन अहिले न लागु हुन सक्यो न यसको नियमण कुनै निकायले गरेको छ । सरकारले एउटा गाडीमा उसको सिट क्षमता भन्दा आधा प्यासेन्जर बोक्न पाउने र ५० प्रतिशत बढी भाडा लिन पाउने भन्यो । तर अधिकांशले यातायात सन्चालन नै गरेनन् भने गरेकाहरुले पनि मापदण्डको पालना गरेको देखिएन । १० जना सिट क्षमता भएको गाडीमा १० जनाभन्दा बढी प्यासेन्जर बोक्ने गरेको, सेनिटाइजरको व्यबस्था नभएको र सरकारले भनेको भन्दा चार पाच गुणा बढी भाडा उठाएको गुनासोहरु अहिले जती पनि भेटिन्छन् । तर सरकारको कुनै योजाना बिनै सार्वजानिक यातायात सन्चालन गर्ने भनेर गरेको निर्णयले न यातायातहरु निर्वाध रुपमा सन्चालन भए न त सन्चालन भएकाहरुले मापदण्ड पुरा गरेर सन्चालन गरेका छन । तर यस्ता मापदण्ड पुरा नगरेकाहरुलाई नियमण गर्ने निकाय नै छ ।

अन्त्यमा महामारिले थलिएको अवस्थामा जति यातायात व्यबसायीलाई मार परेको छ त्यती नै मार सर्वसाधारणलाई पनि परेको छ, जसले सार्वजानिक यातायातको प्रयोग गर्छन । त्यसैले सेवाको नाममा लुट नमच्चाउन र सुरक्षा सतर्कता अपनाउन  यातायात व्यबसायीलाई अनुरोध गर्दछु र प्रभावकारी नियमणका लागि पनि सम्बन्धित निकायसँग अपिल गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस

data-href="