after_navbar

कोरोनाको असर रहेसम्म एटीएम कारोबार निशुल्क


श्रावण ०२, २०७७


काठमाडौं, २ साउन । नेपालमा कोरोना भाइरसको महामारीको असर रहेसम्म एक बैङ्कको एटीएम अर्को बैंकमा प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमार्फत चालू आर्थिक वर्षदेखि एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यसअघि बुधबार बैंकर्स एशोसिएशन संघले साउन १ देखि एक बैङ्कको एटीएम अर्को बैंकमा प्रयोग गरी पैसा निकाल्दा अतिरिक्त शुल्क लाग्ने निर्णय गरेको थियो ।

ad

प्रतिक्रिया दिनुहोस

data-href="