after_navbar

खतरा टरेकाे छैन, दैनिकी परिवर्तन गरौँ


श्रावण ३१, २०७७


राजन लामिछाने

ad

सरकारले जारी गरेकाे लकडाउन खुलाए संगै जनजीवन पुर्वरत तरिकाले चल्न सुरु भएको छ । अहिलेको समयमा यदि हामी सचेत नहुने हाे भने हामीले ठुलै समस्याकाे सामना समेत गर्नुपर्ने यथार्थ हामी माझ अझै कायमै छ । तर जन स्तरमा याे कुराकाे पहुँच कम भयर हाे या जे सुकै हाेस् भन्ने मानसिकताले हाे, काेराेनाकाे संवेदनशीलता भन्दा फरक रुपमा आम सर्वसाधारण पेस भइरहेका छन् ।

हामी आफु अनि आफ्नाे वरपरका सबैमा चेतना फैलाउने काममा अग्रसर रहनुपर्छ । आफ्नाे दैनिकीलाई कमसेकम एकअर्का बिचकाे दुरि कायम गरेर सुचारू गर्दै लैजान सकियो भने याे विषम परिस्थितिकाे सामना गर्न र यसबाट छुटकारा पाउन सकिन्छ । आफ्नाे ठाउँबाट आफुले जानेका र सिकेका कुराहरु आफ्नाे समुदायलाई समेत जानकारी गराउदै बढेमा याे विषम परिस्थितिबाट छुटकारा पाउन मदत पुग्छ ।

केही समयकालागि केही कुराकाे परिवर्तन गरे हामी र हाम्रो समुदाय मात्र हाेइन हामीले सिङ्गो राष्ट्रलाई नै ठुलो याेगदान गरेकाे ठहर्छ । हामी अहिले आफ्नाे मनमानी पनमा लाग्ने हाे भने हामीले आफु मात्र हाेइन सिङ्गो मानव सभ्यतालाई अस्तब्यस्त बनाउने छाैं । त्यसैले अफ्ठ्याराे नै सजिलाेकाे खुड्किलाे हाे भन्ने साेचेर यसबाट पनि सकारात्मक कुराकाे विकास गराउनमा लाग्नु हामी सबैको दायित्व हाे ।

प्रतिक्रिया दिनुहोस

data-href="