after_navbar

ग्लोबल आइएमई बैंकद्वारा कल सेन्टरको सुरुवात


भदौ ०३, २०७७


काठमाण्डौ । ग्लोबल आइएमई बैंकले कल सेन्टरको सुरुवात गरेको छ ।

ad

बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवन शैलीसँगै ग्राहकहरुको बैंकिङ् आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एक द्वार प्रणाली अनुरुप ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको हो । 

ग्लोबल कनेक्टमार्फत ग्राहकहरुले सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना विभिन्न जिज्ञाशाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्नेछन् । 

ग्राहकहरुले +९७७–१–५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="