राजन लामिछाने
कोरोना महामारीले आक्रान्त पारेको अहिलेको समयमा सबै सचेत रहने प्रयास गरिरहेका छन् । अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन सरकारकाे आदेश पनि छ । निक्लिनै परे सुरक्षा सामग्री जस्तै माक्स, सेनिटाईजर प्रयोग गर्नुका साथै सामाजिक दुरि अनिवार्य कायम गर्नु नै याे विषम परिस्थिति कम गर्ने अचुक उपाय हाे जस्तो लाग्छ ।
तर याे काराेना माहामारीमा पनि खै लाईसेन्स बिलबुक हेरौँ त भन्दै प्रहरी साथिहरु नजिकै आउनुहुन्छ र कागजपत्र हातैमा राखेर हेर्नुहुन्छ । यदि दिनभर आवतजावत गर्ने एकजनामा पनि कोरोना संक्रमण रहेछ भने अबस्था साेचेभन्दा धेरै पिडादायी हुनेमा दुईमत छैन । त्यसो गर्नुभन्दा भन्दा बरु सवारीमा अन्य गलत गतिविधि भयकाे भय सामाजिक दुरि बनाउँदै कारबाही गर्दा सर्वसाधारण र स्वयम प्रहरी साथिहरु पनि याे संक्रमणकाे जाेखिमबाट टाढा हुने थिए ।
अहिले सरकारले पनि सामाजिक दुरिलाई विषेश रुपमा पालना गर्नु भनेकाे अबस्थामा अलि जाेगियर काम गर्दा राम्रै हुन्थ्यो कि ? यातायात ब्यबस्था कार्यालयले पनि सवारी नबिकरणमा लाग्ने जरिवाना छुट गरेकाे छ भन्छ र सेवाग्राहीलाई सहज हुनेगरी बुझाउनुस भन्छ । तर प्रहरी भन्छ खाेई कागज त फेल छ ! अनि यसकाे मारमा सबै जनता, प्रहरी अनि यातायातका कर्मचारी प्रतक्ष रुपमा पर्ने देखिन्छ । मिल्छ भने कागजात भन्दा अन्य गतिविधि नियाल्दै सवारी दुर्घटना कम गर्नमा सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक भुमिका खेल्न सके राम्रो हुन्थ्यो कि ?
प्रतिक्रिया दिनुहोस