after_navbar

नेपाल आइडल टिमका सदस्यमा कोरोना पुष्टि


भदौ १३, २०७७


काठमाडौं । नेपाल आइडलको ग्रान्ड फिनाले शुक्रबार सम्पन्न भएको छ । पहिलोपटक महिला प्रतिस्पर्धि सज्जा चौलागाईंले नेपाल आइडलको उपाधि जितेकी छिन् । तर नेपाल आइडल टिमका एक जनामा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

ad

गएको चैतदेखि देशभर लकडाउन घोषणा भएपछि रोकिएको नेपाल आइडलका बाँकी शृङ्खलाहरू केही हप्ता अघिदेखि पुनः छायांकन सुरू गरिएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै दर्शक बिना नै कार्यक्रम छायांकन गर्ने गरिएको थियोे ।

तर शुक्रबार आइडलका १ सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल आइडलका जजहरू र प्रतिस्पर्धिहरू आइसोलेसनमा बसेको बताइएको छ । संक्रमितको नाम भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस

data-href="