after_navbar

अनलाईन चित्रकला प्रतियोगितामा अनुपा प्रथम


भदौ २, २०७७


शम्भु कुमाल

ad

काठमाडौं। ५६ औँ राष्ट्रिय बाल दिवसको अवसरमा कुमाल बिद्यार्थी समाज र कुमाल युथ मिडियाद्वारा आयोजित अनलाईन चित्रकला प्रतियोगिताको नतिजा सोमबार प्रकाशन भएको छ ।

प्रतियोगीतामा धनगढीकी अनुपा कुमाल प्रथम भएकी छिन् । त्यस्तै प्रतियोगीतामा पूर्वी नवलपरासीकी प्रविना कुमालले दोश्रो ,अर्घाखाँचीकी रचना मुखिया कुमाल र गोर्खाकी निरुता कुमालले तेश्रो स्थान प्राप्त गरेका छन् । कोरोना भाइरसले निम्त्याएको विश्वव्यापी महामारीका कारण सिङ्गो मुलुक अकल्पनीय र असामान्य परिस्थितिबाट गुज्रिरहेकोले घरमै बसिरहेका बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको आयोजक सँस्थाहरुले बताएका छन् ।

महामारीका कारण मनोवैज्ञानिक असर समेत परिरहेकोले आम विद्यार्थीको मनोबललाई उच्च बनाउन चित्रकला प्रतियोगिताको आयोजना गरिएको कुमाल विद्यार्थी समाजका अध्यक्ष नविन मुखिया कुमालले बताउनु भयो । वहाँले अनलाइन कार्यक्रम मार्फत विद्यार्थीलाई सिर्जनात्मक र थप क्रियाशील बनाउने उदेश्यले राष्ट्रिय बाल दिवसको अवसर पारी अन्लाईन चित्रकला प्रतियोगिता आयोजना गरिएको बताउनु भएको छ ।

चित्रकला प्रतियोगितामा नेपाल कमर्सियल आर्ट रुपन्देहीका सचिव दशरथ कुमालले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई रु २ हजार पाँच सय , दोश्रोलाई १ हजार पाँच सय र तेश्रोलाई एक हजार प्रदान गरिएको छ । प्रतियोगितामा २१ जना कुमाल समुदायका विद्यार्थी प्रतियोगिहरु सहभागी भएका थिए । भाद्र २० देखि २८ गते सम्म प्राप्त चित्रहरुलाई प्रतियोगीतामा समाबेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="