after_navbar

राजनितिमा युवालाई कहिलेसम्म प्रयोग मात्रै गर्ने ?


असोज २१, २०७७


अभिशेक दाहाल

ad

भनिन्छ युवा देश परिबर्तनका बाहक हुन । युवा सचेत तथा सक्षम भएनन् भने देश अगाडि बढन कदापि सक्दैन । तर आज सम्म पनि युवा लाई ढालका रुपमा प्रयोग गरिदै आएको पाइन्छ । चाहे राणाशासन फाल्दा होस या गणतन्त्र ल्याउँदा होस, चाहे पञ्चायत शासन ढाल्दा होस् युवाहरुको नै विशेष भुमिका थियो । तर हरेक क्षेत्रमा युवालाई नेतृत्व दिने काम गरियन । युवाहरुलाई केवल आन्दोलन गर्नमा मात्रै प्रयोग गरियो ।

सकारात्मक सोच भएका, बौद्धिक, हरेक सीप क्षमता भएका, जोस जाँगर उत्साह उमंग भएका १६ देखि ४० वर्ष सम्मका युवा मानिन्छ । युवाहरुलाई प्रयोग गरेर आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने तर ती युवाहरूलाई सहि जिम्मेवारी दिन नसकेको हामी सबैलाई थाहा छ । हरेक पार्टीले युवालाई प्रयोग मात्रै गर्न खोजेको पाइन्छ ।

यदि नेपाललाई साच्चिकै समृद्ध र सफल बनाउने हो भने तमाम युवाहरुलाई सुसूचित गराउँदै देश बिकासमा लगाउनु पर्दछ । तबमात्र समृद्ध नेपाल र सुखी नेपालीको नाराले सार्थकता पाउनेछ । तर हामी राजनीति गर्ने युवाहरुले पनि सकारात्मक सोचका साथ सहिलाई सहि र गलतलाई गलत भन्ने आँट पनि गर्न सक्नुपर्छ ।

सहि अभियान, सहि काम, सहि तरिकाबाट, सहि समयमा सम्पन्न गर्न सक्नु नै युवाहरु आफैमा सफल बन्नु हो । त्यसैले अब युवाहरू सधैं अरूको इशारामा चलेेर प्रयोग भइरहने होइन, आफैं नेेेेतृत्व लिन अग्रसर हुने बेला आएको छ ।

‘पढेर युवा जागिर तिर लागिरहेछ
पढेका युवा बिदेश तिर ताकिरहेछ
मेरो प्रश्न तमाम युवा साथीहरूलाई
ल भनुहोस, असल राजनितिमा को लागिरहेछ ?’

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट खबर

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="