after_navbar

जोखिम बढेपछि घोराहीका विद्यालय २० दिनका लागि बन्द


असोज २५, २०७७


दाङ । कोरोना संक्रमणको जोखिम बढेपछि घोराही उपमहानगरपालिकाले २० दिन सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भैरहेको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ ।

ad

उपमहानगरका कार्यबहाक प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय २० दिन बन्द गर्ने र कक्षा ११ को परिक्षा स्थगित गर्ने निर्णय गरेको हो । तर शिक्षा महाशाखा एवं विद्यालयहरुले भने दैनिक प्रशासनिक कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="