after_navbar

तुलसीपुर ८ मा निशुल्क मास्क बितरण


असोज २, २०७७


दाङ । वीपी कोइराला युवा नेतृत्व बिकास मञ्चले तुलसीपुर उपमहानगरपालिका वडा न. ८ मा बिहीबार निशुल्क मास्क वितरण गरेको छ ।

मञ्चका वडा नम्बर ८ का अध्यक्ष अभिषेक दाहालको नेतृत्वमा विभिन्न टोल तथा विद्यालयमा पुगेर मास्क बितरण गरिएको हो ।

वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च दाङका जिल्ला अध्यक्ष सरोज शाहद्वारा प्रदान गरिएको करिब २००० वटा मास्क तुलसीपुर ८ अन्तर्गतका विभिन्न गरिब तथा आर्थिक अभाव भएकाहरुलाई बितरण गरिएको अभियानकर्ता दाहालले जानकारी दिए ।

आगामी दिनमा पनि अन्य स्वास्थ सुरक्षा सम्बन्धि अभियानहरु सञ्चालन गरिने दाहालले बताएका छन् ।

ad

प्रतिक्रिया दिनुहोस

data-href="