after_navbar

थप ३७४९ जना संक्रमित, ३५६४ जना डिस्चार्ज


असोज २, २०७७


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ ।

ad

पछिल्लाे २४ घण्टामा १६ हजार ५ सय ९८ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा ३ हजार ५ सय ६४ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ८४ हजार पाँच सय १८ पुगेको छ ।  

यस्तै गएको २४ घण्टामा १९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।   

प्रतिक्रिया दिनुहोस

data-href="