after_navbar

आईपीएल : पञ्जाबको रोमाञ्चक जित


असोज ३०, २०७७


इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा किंग्स इलाभेन पन्जाबले ८ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

ad

रोयल च्यालेन्जर्स बैंग्लोरबाट १७२ रनको लक्ष्य पाएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा छक्का प्रहार गरेर जित हासिल गर्यो ।

पन्जाबलाई जितका लागि अन्तिम ओभरमा २ रन मात्र चाहिएको थियो । तर पनि खेल अन्तिम बलसम्म पुग्यो । २० औं ओभरको अन्तिम बलमा निकोलस पुरनले छक्का प्रहार गर्दै पन्जाबलाई जित दिलाए र हिरो सावित भए ।

पन्जाबको जितमा ओपनर केएल राहुलले नटआउट ६१ रन बनाए । ४९ बल सामना गरेका उनले १ चौका र ५ छक्का प्रहार गरे । उनी म्यान अफ द म्याच भए ।

यसअघि शारजहाँ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="