after_navbar

नगर प्रवक्ता सहित तुलसीपुरका ११ जनामा कोरोना पुष्टि


असोज ३०, २०७७


दाङ । तुलसीपुरमा शुक्रवार प्रवक्ता सहित ११ जनामा कोरोना पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको परिक्षण गर्दा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता सहित ११ जनामा कोरोना पुष्टि भएको तुलसीपुरका फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

संक्रमित हुनेमा तुलसीपुर वडा नम्वर ३ का १, वडा नम्बर ५,६ ,७ का २/२ जना, वडा नम्बर ११,१२,१५ र १८ का १/१ जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रवार संक्रमित हुनेमा उमहानगरपालिकाका गाडी चालक, आयुवेदिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लगाएतका रहेका छन् ।

ad

प्रतिक्रिया दिनुहोस

data-href="