after_navbar

आईपीएल : कोलकाता ८ विकेटले पराजित


कार्तिक ०१, २०७७


इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले छैठौं जित निकालेको छ । आबुधाबी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई ८ विकेटले हराएको हो । 

ad

जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४८ रन बनायो । जवाफमा मुम्बईले १६ ओभर ५ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

यो जितसँगै मुम्बईको १२ अङ्क भएको छ । दिल्लीको पनि समान १२ अङ्क भए पनि रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="