after_navbar

वीरगञ्जबाट झन्डै २३ किलो सुन बरामद


कार्तिक ०१, २०७७


वीरगञ्ज । पर्साको वीरगञ्जबाट झन्डै २३ किलो सुन बरामद भएको छ ।

ad

प्रहरीले वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो ।

सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । यसबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गरिने पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

data-href="