after_navbar

तुलसीपुरका थप ६ जनामा कोरोना पुष्टि


कार्तिक ०१, २०७७


दाङ । तुलसीपुरका थप ६ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा तुलसीपुरका वडा नम्बर ५ र ६ का २/२ जना तथा वडा नम्बर १८ र १९ का १/१ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै फ्लोअपमा रहेका तुलसीपुर ७ का २ जना पुरूषमा १४ दिनपछि र वडा नम्बर १२ का १ पुरूषमा २१ दिनपछि संक्रमण देखिएको फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ३७८ पुगेको छ भने सकृय संक्रमित संख्या १५२ र कोरोना मुक्त हुनेको संख्या २२६ रहेको छ ।

ad

प्रतिक्रिया दिनुहोस

data-href="