after_navbar

तुलसीपुरमा संचारकर्मीमाथी लुटपाट


कार्तिक ०३, २०७७


दाङ। रेडियो हाम्रो पहुँच एफएम तुलसीपुरमा कार्यरत संचारकर्मी सविता सुनारमाथि लुटपाट भएको छ । कार्यालयबाट काम सकेर घर फर्केने क्रममा आइतबार साँझ ७ बजे तुलसीपुरको गुल्मचोक नजिकै ओम शान्ती सिनेमा हलको अघिबाट लुटपाट भएको हो । संचारकर्मी सुनारको एक थान एन्ड्रोइड मोबाईल, केहि सुनका गरगहना लगायत लुटपाट भएको हो ।

ad

बाटोमा हिडिरहेकी उहाँमाथि मोटरसाइकलमा आएका दुई जनाले मोबाईलसहित कानमा लगाएको सुनका गहनासमेत लुटपाट गरेका हुन् । घटना भएको स्थान लुम्बिनि प्रदेश प्रहरी कार्यालयको १०० मिटर नजिक हो । घटना लगत्तै प्रहरीले घटनास्थलमा आएर लुटपाट गर्ने समुहको खोजी गरेपनि अझै पत्ता लागेको छैन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको र दोषी उम्कन नपाउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

data-href="