after_navbar

दाङको बबईमा १५ जनामा कोरोना पुष्टि , गाउपालिकाका अध्यक्ष कोरोना मुक्त


कार्तिक ०३, २०७७


दाङ। दाङको बबई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल कोरोना मुक्त भएका छन ।

ad

गत असोज २३ गते स्वाव संकलन गरि २६ गते आएको रिपोर्ट पोजेटिभ देखिएपछी आइसोलेसनमा बसेका पौडेलको दोस्रो रिपोर्ट नेगेटिभ देखिएको हो ।

यस्तै बबई गाउपालिकामा सोमबार १५ जनामा कोरोना पुष्टि भयको छ । अध्यक्षसहित ५ जनामा कोरोना पुष्टि भएपछी गत असोज २८ गते गरिएको ३९ जनाको स्वाव संकलन मध्य आज आएको रिपोर्टमा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ हुनेहरुमा प्रेम राम्जा सहित अन्य १४ जना रहेको गाउपालिकाका फोकल पर्सन शरदराज गिरीले जानकारी गराउनु भयो । आजै अध्यक्षसहित बबई ६ जना भने डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस

data-href="