after_navbar

तुलसीपुरमा १० संक्रमीत थपिए , शिक्षक देखि बैंकका कर्मचारी सम्म कोरोना संक्रमण


कार्तिक ०३, २०७७


दाङ। तुलसीपुरमा सोमबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा २ महिला र ८ पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

ad

उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार वडा नम्बर २, ५ , ६ , ७ , १७ र १८ मा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा विद्यालयका शिक्षक, बैंकका कर्मचारी समेत रहेका छन् । यससंगै तुलसीपुरमा कुल संक्रमितको संख्या ३८८ पुगेको छ । अहिले तुलसीपुरमा सक्रिय संक्रमितको संख्या १५२ रहेको छ भने अहिलेसम्म २३६ जना संक्रमण मुक्त भएका छन् ।।

प्रतिक्रिया दिनुहोस

data-href="