after_navbar

राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा हुने


मङि्सर ०६, २०७७


काठमाण्डाै । नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव आउँदो मङ्सिर २९ गते काठमाण्डौमा आयोजना गर्ने भएको छ ।

ad

प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगित गरिएको थियो । अब भौतिक दुरी कायम गरी महोत्सव गर्ने नयाँ मिति तय गरिनेछ ।

प्रतिष्ठानले २०२२ सालदेखि महोत्सव गर्दै आएको छ । प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनुलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र दिइने छ । 

प्रतिक्रिया दिनुहोस

data-href="