after_navbar

त्रिभुवन विश्वविद्यालयमा पढाई सुरु हुने


मङि्सर १६, २०७७


काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पसमा अब पढाई सुरु हुने भएको छ । 

ad

त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि रोकिएको पढाइ सुरु हुन लागेको हो । 

त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने बताएको छ । भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविले जनाएको छ । मंगलबार त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

data-href="