after_navbar

कक्षा १२ को नतिजा १ महिनामै आउने


मङि्सर १७, २०७७


कक्षा १२ को परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।

ad

विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी आगामी पुस १५ गतेभित्रै परीक्षाफल प्रकाशित गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए। ‘यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि बाटो खुल्ने छ। यसका लागि देशभरका शिक्षकसँगको समन्वयमा काम भइरहेको छ,’ उनले भने।

गएको वैशाखमै सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना संक्रमणको कारण रोकिएको थियो। परीक्षा मंगलबार मात्रै सकिएको छ।

यस पटकको परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ। साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="