after_navbar

नायिका श्वेता खड्का आज देखि विवाह बन्धनमा


मङि्सर २२, २०७७


तस्बिर : श्वेता खड्काकाे फेसबुकबाट

ad

नायिका श्वेता खड्का साेमबार (मङ्सिर २२) गते विवाह बन्धनमा बाँधिएकी छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गरेकी हुन् ।  

चलचित्र ‘कहाँ भेटिएला’ बाट सिने क्षेत्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर बिहे भएको झण्डै एक महिनापछि २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा श्रीकृष्णकाे निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="