after_navbar

सुर्खेतमा एकै विद्यालयका ११ सहित १७ जना शिक्षक संक्रमित


मङि्सर २८, २०७७


सुर्खेत । सुर्खेतमा एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।

ad

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो ।

पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा संक्रमण देखिएको नगर स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले बताए । विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको छ ।

नगर स्वास्थ्यशाखा प्रमुख पुरीका अनुसार दुई विद्यालयका ३९ जना शिक्षकको पीसीआर परिक्षण गर्दा १३ जना शिक्षकको रिर्पोट पोजेटिभ आएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शिक्षकहरुको पीसीआर परिक्षण गरिएको थियो ।

सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । नगर शिक्षा प्रमुख पदम विकका अनुसार शिक्षकहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="