after_navbar

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हरायो


पुष ११, २०७७


दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले हराएको छ ।

ad

दाङको देउखुरी क्रिकेट मैदानमा प्रदेश २ ले दिएको ७८ रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभर १ बलमा मात्रै १ विकेट गुमाएर भेट्टायाे ।

लुम्बिनीका लागि गीता गोसाइले २३, सरस्वती जीएमले २२ र नेरी थापाले १५ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश २ ले अनुराधा चौधरी र साना प्रविनको समान २१/२१ रनको मद्दतमा ७७ रन बनाएको थियो । प्रदेश २ लाई ७७ रनमै समेट्न लुम्बिनीका सुस्मिता भुसाल एक्लैले ३ विकेट लिइन ।

प्रतिक्रिया दिनुहोस

data-href="