after_navbar

दाङमा दोस्रो गजल महफिल हुँदै


पुष १६, २०७७



दाङ। कपिल लामिछाने

ad

गजल अभियान दाङले दोस्रो गजल महफिल २०७७ पौष १८ गते शनिबार घोराही नेपाल पत्रकार महासंघको सभाहलमा गर्ने भएको छ ।

कोरोना भाईरस कोभिड१९ का कारण अस्थब्यस्थ रहेको नेपाली साहित्यलाई माथी उठाउन गजल अभियान दाङले लामो समयदेखि नै यस क्षेत्रमा बिभिन्न नयाँ र उदाहरणीय कामहरु गर्दै आईरहेको परिपेक्षमा शनिबार हुने गजल महफिलले पनि एउटा उर्जा थप्नेमा बिश्वास गरिएको छ । दाङमा बिरलै मात्र हुने यस्ता खालका कार्यक्रमहरुले नेपाली साहित्यमा कलम चलाउदै आउनु भएका र नवलेखकहरुमा केहि सहयोगी भुमिका निर्वाह गर्न गजल अभियान दाङ एउटा साथी बन्ने कुरामा जोड दिदैँ आउनुभएका गजल अभियान दाङका अध्यक्ष प्रवल बिष्टले शनिबार हुने गजल महफिलमा दाङ,सल्यान,बर्दिया लगाएत देशका बिभिन्न ठाउँका गजलकारहरुको बाचन र गोबिन्द मधुर आचार्य र प्रकाश रेग्मीको गजल गायन हुने समेत जानकारी दिनुभयो ।

साथै उक्त गजल महफिलमा संस्थागत सम्मान र गजलकार कपिल मणीले आफ्नो बुवाको नाममा स्थापना गरेको ठाकुर प्रसाद लामिछाने गजल लेखन पुरस्कार र गजलकार प्रतिक संग्रामीले आफ्नी आमा र दाजुको नाममा स्थापना गरेको पानसरी-मनविर गजल संगीत पुरस्कार समेत प्रदान गरिने गजल अभियान दाङका अध्यक्ष प्रवल बिष्टले जानकारी दिनुभयो । साथै उहाँले उक्त दिन सबैलाई उपस्थितिका लागी समेत अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

उत्कृष्ट खबर

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar7
data-href="