after_navbar

‘बी’ डिभिजनमा अब ५ खेलाडी परिवर्तन गर्न पाइने


पुष २०, २०७७


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ५ खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको छ ।

ad

एन्फाले फागुन दोस्रो साताबाट सुरु हुने ‘बी’ लिग खेल्ने क्लबलाई एन्फाका केन्द्रिय सदस्य रमेश रायमाझी र ‘बी’ डिभिजनको निर्देशक सन्जीव मिश्रले प्रतियोगिताको नियमबारे जानकारी गराउदै ५ खेलाडी परिवर्तन गर्न सकिने जानकारी गराएको हो ।

यसअघि तीन खेलाडी परिवर्तन गर्न पाउने नियम रहेको थियो । कोरोना महामारीका कारण गत वर्षको चैतबाट रोकिएको ‘बी’ लिग फागुन ११ गतेबाट सुरु हुँदैछ ।

यस्तै एन्फाले बाँकी खेलका लागि थप पाँच खेलाडी दर्ताको लागि अनुमति दिएको छ । यससँगै ‘बी’ डिभिजन क्लबले ४० खेलाडी दर्ता गर्न पाउनेछ । त्यस्तै क्लबले थप दुई पदाधिकारी र डक्टर थप्न पाउनेछ । कोरोनाअघि ‘बी’ डिभिजनको ६६ मध्ये ३३ खेल सकिएको थियो । बाँकी खेलहरु पुरानै टाइसिट अनुसार नै हुने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="