after_navbar

तुलसीपुरमा पुरुष खुल्ला भलिबल प्रतियोगिता सुरु


पुष २३, २०७७


दाङ । स्वतन्त्र युवा क्लवको आयोजनामा तुलसीपुरमा बिहीबारदेखि पुरूष खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

ad

२५ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न जिल्लाका २१ टिमको सहभागिता रहेको खेल संयोजक एचआर मगरले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ५० हजार, २५ हजार र १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अथिति गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) ले विश्वका कयौं देशहरुले खेलकुद क्षेत्रबाट नै आर्थिक समृद्धि प्राप्त गरेको भन्दै नेपालमा पनि यसको सम्भावना राम्रो रहेको बताउनुभयो ।

सोअवसरमा अन्तराष्ट्रिय खेलाडी जेके बाँठा मगरले शिखर चुम्ने खेलकुदलाई राज्यको नीति निर्माण तहमा बस्नेले खेल मात्रै सम्झिदा नेपालमा अपेक्षाकृत रुपमा खेलकुदको विकास हुन नसकेको टिप्पणी गर्नुभयो । प्रतियोगिताको सहजीकरण खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

data-href="