after_navbar

तुलसीपुर १८ वडा कमिटिले गर्यो कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम


पुष २५, २०७७



दाङ। कपिल लामिछाने

ad

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ वडा संगठन कमिटले आज एक कार्यक्रमको आयोजना गरि कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


नेकपामा देखिएको केपी वली पक्ष र प्रचण्ड-नेपाल पक्षको मत बाढिएको कारण यसको असर प्रदेश हुँदै स्थानिय तहसम्म देखिरहेको परिपेक्षमा यसरी भेला तथा कार्यक्रता भेला गरि सबैलाई सुसज्जित गराउदै केपि वली पक्षधरले वडा संगठन कमिटि समेत गठन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि एवम् नेकपा केन्द्रिय कमिटि सदस्य टोपेन्द्र खत्रीले अबको राजनीतिक बाटो भनेकै केपीले रोजेको बाटो हो भन्दै पदको लोभले प्रचण्ड-नेपालले वली बिरुद्ध षडयन्त्र गर्दै उनलाई अल्पमतमा पार्न लाग्दा देशको हितमा वलीले कदम चालेकाले यसलाई असंबैधानिक भन्न नमिल्ने भन्दै केपिले देखाएको बाटोमा हिड्न पार्टि कार्यक्रताहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाकि उप-प्रमुख माया आचार्यले देशमा अहिले देखिएको राजनीतिक समस्या नभएर कुर्सी र पदको मोहको समस्या हो भन्दै प्रचण्ड-नेपाल पक्षले केपि वलीले महिलाको किड्नी लगाएको कुरा गर्नु प्रचण्ड-नेपाल पक्षको लागी लज्जाको बिषय भएको भन्दै नैतिक रुपले आचरण गुमाएकाहरुको कुरा सुनेर बिचलन नहुन अनुरोध गर्दै आगामी चुनावमा केपि वली पक्षका नेता कमरेडहरुलाई अत्यधिक बहुमतले जिताई स्वतन्त्र रुपले काम गर्ने मौका दिई बहुमतको सरकार बनाउन समेत साथ दिन अनुरोध गर्नुभयो । साथै उहाँले बर्तमान केपि वली सरकारले गरेको कामको जानकारी दिँदै बिकास र समृद्धिका लागी कमरेड साथीहरुले गरेको बलिदानका कुरा सम्झाउदै भुमिहिनहरु,सुकुम्बासीहरुलाई जग्गाधनि पुर्जा दिनका लागी भुमि ब्यबस्था आयोग गठन गरिएको र चाँडै नै सबै आम भुमिहिनहरुले पुर्जा पाउने र त्यसका लागी केपि वली सरकारले काम अघि बढाएर फाराम भरिरहेको कुरा जानकारी गराउदैँ जनताको बहुदलिय जनबादको नारालाई कहिले नछोड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा तुलसीपुर पार्टी नगर कमिटिका सचिव एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले हामीहरु बिकास र शिद्धान्तका पछि लागेकाले केपि वलीको पक्षमा उभिएर बिकास निर्माण लगाएतका काम गर्दै अघि बढिरहेको र आगामी दिनहरुमा पनि जनताको जनभावनाको कदर गर्दै गाउँमा बिकासको अनुभूति दिउलाउदै अघि बढ्ने कुरा ब्यक्त गर्नुभयो । साथै उहाँले अब किसानका हरेर समस्याहरु,भुमिहिनका हरेक समस्याहरु वर्तमान केपि वली सरकारले पुरा गर्न लागेकाले पदका लागी राजनीतिक गर्नेहरुले बिकास हैन बिनास गर्छन् भन्दै भ्रममा नपर्न सम्पुर्ण कार्यक्रताहरुलाई अनुरोध गर्नुभयो । उहाँका अनुसार अबको राजनीतिक बाटो भनेको केपि वलीले नेतृत्व गरेको सरकारको भएको भन्दै सबैलाई बिकासको बाटोमा लाग्न अनुरोध गर्नुभयो । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य तथा जिल्ला संयोजक सर्जन परियार, जिल्ला कमिटि सदस्य ज्वाला पौडेल, दोर्ण नेपाली, कृष्ण बस्नेत बन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्र बहादुर वली, नेकपाका अगुवा कमरेड धर्मराज बैरागी लगाएतले आ-आफ्नो मन्तव्य ब्यक्त गर्नुभएको थियो ।


नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा संगठन कमिटका अध्यक्ष पदम बहादुर डाँगीको अध्यक्षता, नेकपा केन्द्रिय कमिटिका सदस्य टोपेन्द्र खत्रीको प्रमुख आथित्यता एवम् तुलसीपुर उपमहानगरपालिकाकि उपमेयर माया आचार्यको बिशिष्ट आथित्यमा भएको कार्यक्रम युवा संघ तुलसीपुर १८ का अध्यक्ष गणेश खड्काको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य शितल प्रसाद बुढा मगरले गर्नुभएको थियो ।
२७ सदस्यीय वडा संगठन कमिटि निर्माण साथै उक्त भेलाबाट पदम वहादुर डाँगीकै अध्यक्षतामा २७ सदस्यीय वडा संगठन कमिटि गठन गरिएको छ । उनिहरुलाई आजै कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रिय कमिटि सदस्य टोपेन्द्र खत्रीबाट टिका लगाई सपथ समेत खुवाईएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="