after_navbar

कोरोना सङ्क्रमित कर्मचारीलाई छुट्टै बिदा


पुष २८, २०७७


काठमाण्डाै । सरकारले कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशन वा अस्पताल बसाइ अवधिभर छुट्टै बिदा दिने भएको छ । 

ad

मन्त्रिपरिषद्ले कोरोना सङ्क्रमण भएर आइसोलेशन वा अस्पताल बसाइ अवधिको बिदा अरु बिदाबाट नकाटिने गरी छुट्टै बिदाको व्यवस्था गरेको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै निकाय तथा कार्यालयहरुलाई परिपत्र गरी कोरोना सङ्क्रमितको हकमा सार्वजनिक बिदा कायम गर्न परिपत्र गरेको छ । 

परिपत्रमा कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशनमा बस्दा बढीमा १४ दिन र अस्पतालमा भर्ना भएको भएमा अस्पतालमा बसेको अवधिभर सार्वजनिक बिदा कायम गर्न भनिएको छ ।

यो व्यवस्था निजी संघसंस्थामा पनि लागू हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="