after_navbar

तुलसीपुरमा जिल्लाकै ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता हुँदै


माघ ०, २०७७


दाङ । स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ दाङमा जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ हुने भएको छ ।

ad

सक्सेस फुटबल क्लब तुलसीपुर दाङको आयोजनामा तुलसीपुर उपमहानगरपालिका वडा नंं. २ र दङ्गीशरण गाउँपालिका वडा नं. ५ ले संयुक्त रूपमा प्रतियोगिता संचालन गर्न लागेको हो ।

प्रतियोगिता यहि माघ २२ गतेदेखि तुलसीपुर उपमहानगरपालिका वडा न २ बालापुरमा सञ्चालन हुुनेछ । झण्डै १८ बढी टिमको सहभागिता रहने प्रतियोगिता संचालन मुल समितीका संयोजक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताको विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ७५ हजार ,५० हजार र ३० हजार तथा कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुरज ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="