after_navbar

खोप लगाएको दुई दिनमै पाकिस्तानका प्रधानमन्त्री कोरोना सङ्क्रमित


चैत ०७, २०७७


खोप लगाएको दुई दिनपछि नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

ad

कोरोना पुष्टि भएपछि उहाँ आइसाेलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको पनि सुल्तानले जानकारी दिनुभएको छ ।

उहाँले बिहीवार मात्रै कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनुभएको थियो ।  पाकिस्तानी प्रधानमन्त्री खान पछिल्ला दिनमा मास्क नलगाइकनै विभिन्न भेला, बैठक र आमसभामा सहभागी हुँदै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

data-href="