after_navbar

तुलसीपुरका विद्यालय खुले


चैत १, २०७७


दाङ। वातावरणीय परिस्थितिका कारण वन्द रहदै आएका तुलसीपुरका विद्यालयहरु आजदेखि खुल्ने भएका छन् ।

ad

वायुमण्डलमा प्रदुषणको मात्र वढ्दै जाँदा बालबालिकामा असर पर्ने भन्दै नेपाल सरकारले सबै विद्यालयहरु वन्दको घोषणा गरेको थियो ।

तुलसीपुर उपमहानगरपालिकाले भने मापदण्ड वनाएर विद्यालय सञ्चालन गर्न थालेको हो ।
शिक्षा, युवा तथा खेलकुद महाशाखाले वायुको गुणस्तर सूचकका आधारमा हालको अवस्था विशेष समुहका लागि मात्रै संवेदनशिल भएको भन्दै विद्यालय सञ्चालन गर्न लागेको जनाएको छ ।

वातावरण विभागको वायु गुणस्तर सुपरिवेक्षणलाई आधार मानेर तत्कालका लागि धेरै जोखिम नभएको भन्दै विद्यालय सञ्चालनको तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

data-href="