after_navbar

आइपिएल : दिल्लीको सानदार विजयी सुरुवात


चैत २, २०७७


ओपनर पृथ्वी शा र शिखर धवनको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सानदार विजयी सुरुवात गरेको छ ।

ad

शनिवार चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले सानदार विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य विजयी पछ्याएको दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका ओपनर शिखर धवनले ५४ बलमा १० चौका र २ छक्का सहित सर्वाधिक ८५ रनको योगदान दिए । पृथ्वी शाले ३८ बलमा ९ चौका र ३ छक्का सहित ७२ रनमा आउट भए । चेन्नईका शार्दूल ठाकुरले सर्वाधिक २ विकेट लिए । ड्वेन ब्रोभो १ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन । आठौं नम्बरमा ब्याटिङ गरेका साम करनले १५ बलमा ४ चौका र २ छक्का सहित ३४ रन जोड्दै उत्कृष्ट अन्त्य गरे । सातौं विकेटका लागि साम करन र जडेजाले २८ बलमा ५१ रनको साझेदारी गरेका थिए ।

चेन्नईका सुरेश रैनाले ३६ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । रैनाले ३२ बलमा अर्धशतक पूरा गर्दै आइपिएलमा पूनरागमन गरेका थिए ।

दुबै ओपनर सस्तैमा आउट भएपनि तेस्रो विकेटका लागि सुरेश रैना र मोइन अलीले ५३ रनको महत्वपूर्ण साझेदारी इनिङ उकासेका थिए । – एजेन्सी

प्रतिक्रिया दिनुहोस

data-href="