after_navbar

कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० लाख नाघ्यो


बैशाख ०५, २०७८


काठमाडौं। विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३० लाख नाघेको छ । विश्वमा कोरोना संक्रमणका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा बढीको ज्यान  गएको हो ।

ad

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै संक्रमण फैलिएका देश हुन् । यी तीन देशमा मात्रै १० लाखभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा मात्रै ५ लाख ८० हजार ७ सय ५६ जनाको मृत्यु भैसकेको छ । यस्तै भारतमा एक लाख ७७ हजार एक सय ६८ जनाको मृत्यु भएको छ भने ब्राजिलमा तीन लाख ७१ हजार ८ सय ८९ जनाको मृत्य भएको छ ।

पछिल्ला दिनमा विश्वमा औसतमा १२ हजार जनाको मृत्यु हुने गरेको पाइएको छ । विश्वमा अहिले १४ करोड १३ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् । यस्तै ११ करोड ९९ लाखभन्दा बढीले कोरोनालाई जितेका छन् ।

प्रतिक्रिया दिनुहोस

data-href="