after_navbar

दाङमा श्रीमानको ढुंगा प्रहारबाट श्रीमतीको ज्यान गयो


बैशाख १५, २०७८


दाङ। दाङको तुलसीपुरमा एक युवाले ढुंगा प्रहार गरि श्रीमतीको हत्या गरेका छन्। 

ad

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैंका २६ वर्षीय पदम पोखरेलले ढुंगा प्रहार गरि आफ्नै २५ वर्षीया श्रीमती विपना रेग्मीको हत्या गरेको प्रहरीले जनाएको छ‍। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मंगलबार राति ९ बजेतिर पोखरेलले श्रीमतीमाथि  ढुंगा प्रहार गरि गम्भीर घाइते बनाएका थिए।

गम्भीर अवस्थामा रहेकी बिपनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="