after_navbar

शान्तिनगरले बनायो अक्सिजन सहितको आइसोलेशन


बैशाख १५, २०७८


दाङ। दाङको शान्तिनगर गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन निर्माण गरेको छ ।

ad

बढ्दो कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै गाउँपालिकाले धनौरी स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन स्थापना गरेको हो । हाल ११ वेडको अक्सिजन सहितको आइसोलेशन निर्माण गरिएको गाँउपालीकाका स्वास्थ शाखा प्रमुख हरि पुनले जानकारी दिनुभएको छ ।

यद्यपी आवश्यकता अनुसार अझै ९ बेड थप गरि २० वेड सम्म पुर्याउन सकिने गरी तयारी गरिएको प्रमुख पुनले जानकारी दिनुभयो । अब कोरोनाका जटिल खालका विरामीलाई आईसोलेसनमा भर्ना गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

data-href="