after_navbar

तुलसीपुरमा शनिबार मृत भेटिएका तीन वालकको पहिचान खुल्यो


बैशाख १, २०७८


दाङ। दाङको तुलसीपुर शनिबार मृत भेटिएका तीन वालकको पहिचान खुलेको छ ।

ad

तुलसीपुर उपमहानगरपालिका–६ मा राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन वालकको पहिचान खुलेको हो ।

मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार , सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ वर्षीय छोरा करण परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="