after_navbar

कोरोनाबाट एकैदिन ५५ जनाको ज्यान गयो, थप ७६६० जनामा संक्रमण


बैशाख २१, २०७८


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणले एकैदिन ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ad

यो एकैदिन मृत्यु भएका संक्रमितको अहिलेसम्मकै धेरै संख्या हो । योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, गएको २४ घण्टामा ७ हजार ६ सय ६० जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

१६ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ र ५ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कूल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ पुगेको छ। जसमध्ये ५५ हजार ५ सय २० जना होम आइसोलेसनमा छन् भने ४ हजार २ सय ७८ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा १ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। 

प्रतिक्रिया दिनुहोस

data-href="