after_navbar

दाङमा जेठ १५ गतेसम्म लकडाउन थप


बैशाख ३१, २०७८


दाङ। दाङमा दुई हप्ता लकडाउन थप गरिएको छ ।

ad

जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्नुका साथै ज्यान जानेको संख्या पनि नरोकिएको भन्दै जेठ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

दाङमा वैशाख १७ गतेदेखि लकडाउन हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="